केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ओली समूहको केन्द्रीय कमिटी १५०१ जनाको

सहयात्रा टिभी

काठमाडौं । पुस २७, नेकपाको केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीमा थप ३ जनालाई थपेको छ। पुस ७ गते सुरू भएर ९ गते सकिएको केन्द्रीय कमिटी बैठकले १५ सय १ जनाको जम्बो केन्द्रीय कमिटी बनाएको हो।

फाइल तस्वीर

पुस ७ गतेको बैठकमा ओली समूहले केन्द्रीय कमिटी सदस्यको संख्या १ हजार ९९ पुर्‍याउने निर्णय गरेको थियो।

यसलाई ओली समूहले केन्द्रीय कमिटीको विस्तार भनेको छ। ओली समूहले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी) मा पार्टी अध्यक्ष ओलीले गरेको मनोनयनलाई केन्द्रीय सदस्यहरूले अनुमोदन गरेको भनिएको छ।

२०७५ साल जेठ ३ गते पार्टी एकता हुँदा ४ सय ४१ जनाको केन्द्रीय कमिटी बनाउने निर्णय भएको थियो। त्यसकै आधारमा तत्कालीन एमालेका तर्फबाट २ सय ४१ र पूर्वमाओवादीका तर्फबाट २ सय गरी ४ सय ४१ जनाको केन्द्रीय कमिटी थियो। ४ सय ४१ सदस्यी कमिटीमा ओली भारी अल्पमतामा परेपछि केन्द्रीय कमिटी विस्तार गरेका हुन्।

४ सय ४१ मध्ये प्रचण्ड– नेपाल नेतृत्वको नेकपामा २ सय ९७ जना रहेका छन्।

प्रकाशित : 11 January, 2021

प्रतिक्रिया दिनुहोस्