डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेस


वासिङ्टन । पुस २८, ‘हिंसालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी तल्लो सदनमा महाभियोग प्रस्ताव पेस गरेको छ । महाभियोग प्रस्तावमा ट्रम्प अमेरिकी संसद्‍मा भएको हिंसा भड्काउन सक्रिय रुपमा लागेको उल्लेख गरिएको छ ।

राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाएर हटाउन सभामुख नान्सी पेलोसीले जोड दिएकी छन् । डेमोक्रेटिक पार्टीले राष्ट्रपति ट्रम्पले विद्रोह गरेको र भीडलाई हिंसात्मक क्रियाकलाप गर्न उक्साएको उल्लेख गर्दै महाभियोग वा अमेरिकी संविधानको २५औं संशोधनबाट पदबाट हटाउनुपर्ने बताउँदै आएको छ ।

कार्यकाल सकिनु ८ दिनभन्दा अघि संसद्मा महाभियोग प्रस्ताव पेस भएकाले पनि यो प्रक्रिया पूरा हुन्छ हुँदैन भन्नेमा भने शंका व्यक्त गरिएको छ । पछिल्लो पटक पनि ट्रम्पले महाभियोग सामना गरेका थिए । तर उनीविरुद्धको महाभियोग प्रस्ताव पास भएको थिएन ।

अमेरिकी संविधानबमोजिम ट्रम्पलाई महाभियोग लगाएर हटाउनका लागि संसद्मा मतदान हुनुपर्छ । त्यसमा अमेरिकी संसद्को दुई तिहाई मतले उनीविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्नुपर्नेछ । त्यसका लागि ट्रम्पकै पार्टी रिपब्लिकनका अधिकांश सांसदहरुले पनि उनीविरुद्ध मत दिनुपर्ने अवस्था आउनेछ ।

यदि उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाअभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन् । त्यो सम्भव हुनका निम्ति महाअभियोगको आरोप तल्लो सदनबाट पारित हुनुपर्नेछ । तल्लो सदनबाट पारित भएपछि मात्र उक्त प्रस्ताव सिनेटमा जानेछ, जहाँ राष्ट्रपतिलाई हटाउन दुईतिहाइ मत आवश्यक हुन्छ ।

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज