बिग बोसको घरबाट जेस्मिन बाहिरिँदा रोएका थिए सलमान


एजेन्सी । पुस २८, बिग बोस १४ को घरबाट नायिका जेस्मिन भासिन आउट भएकी छन् । जेस्मिन भासिन आउट हुँदा सबैको आँखामा आँसु आयो । अली गोनी क्वाँक्वाँ रोए ।

यहाँसम्म कि सलमान खान पनि आफ्नो आँसु रोक्न सकेनन् । उनी पनि भावुक देखिए । घरबाहिर आएपछि जेस्मिनले सलमान खानको यो भावुक प्रतिक्रियाको जवाफ दिएकी छन् ।

पिंकभिल्लासँगको कुराकानीमा जब जेस्मिनलाई यसबारे प्रश्न सोधियो तब उनले भनिन्, ‘मैले सबैबाट निकै प्रेम पाएँ । सबैसँग मेरो सम्बन्ध निकै राम्रो रह्यो ।

सलमान सरका लागि त मेरो मनमा अत्यधिक सम्मान र प्रेम छ । किनभने त्यस्ता थुप्रै परिस्थिती आउँछन् तब तपाईं केही बोल्न सक्नुहुन्नँ तर उहाँले सधैं के भइरहेको छ भनेर सम्झाउनु हुन्थ्यो । कस्तो महसुस भइरहेको, के बितिरहेको छ । उनले मलाई असाध्यै प्रेम दिए ।’

बिग बसको यात्रामा के भन्छिन् जेस्मिन ?

आफ्नो यात्राबारे कुरा गर्दै जेस्मिनले भनिन्, ‘यो इमोशन्स, फिलिङ, ब्लेम जुन तपाईंमाथि लाग्छ, लडाईं जुन तपाईं आफ्नै लागि लड्नुहुन्छ, यो एउटा रोलर कोस्टर राइड थियो । निकै उतार–चढाव थिए तर यो जीवनको एउटा अनुभव हो जुन मसँगै रहनेछ । सकारात्मक अनुभव रह्यो ।’

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज