केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोनाको खोप चाँडै ल्याउने मन्त्री त्रिपाठीकाे दाबी

सहयात्रा टिभी

काठमाडौं । पुस २८, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप खरिद पारदर्शी र न्यायपूर्ण रुपमा वितरण गर्ने बताएका छन् ।

पद बहाली भएपछि सोमबार पत्रकार भेटघाट कार्यक्रममा मन्त्री त्रिपाठीले खोप अभियान आफ्नो पहिलो प्राथमिकता रहेको बताए । अन्य देशले खोप पाउँदा नेपालीले पनि खोप पाउने उनको दाबी छ ।

खोप खरिदको लागि भएजति सबै सम्भावनालाई प्रयोग गरेको र पहिलो खरिद प्रकृया जीटुजी नै हुने मन्त्री त्रिपाठीले बताए । खोप खरिदको लागि सबैजसो कानूनी जटिलता समाप्त भएको भन्दै मन्त्री त्रिपाठीले भने, ‘ढुक्क हुनुस् खोप आउँछ, निश्चित हुनुस् खोप आउँछ ।’
त्रिपाठीले आफ्नो कार्यकालमा खोप अभियान, आधारभूत अस्पताल निर्माण र कर्मचारी समायोजनलाई प्राथमिकतामा राख्ने समेत बताए ।

प्रकाशित : 12 January, 2021

प्रतिक्रिया दिनुहोस्