केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन १ गते हुने

सहयात्रा टिभी

कास्की । पुस २८, भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५ औँ संस्करण फागुन १ गते हुनेभएको छ ।

म्याराथनमा विजेता हुनेलाई दुई लाख तथा द्वितीयले रु. एक लाख, तृतीयले रु. ७५ हजार र सान्त्वनाले रु. २५ हजार पुरस्कार प्रदान गर्ने भनी मञ्चले जानकारी दिएको हो ।

सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्व मानचित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको भनाइ छ ।

यस वर्षदेखि महिलाका लागि २१ किमी (हाफ म्याराथन) पोखरा म्याराथनमा समावेश गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः रु. एक लाख, ७५ हजार, ५० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाली खेलकूदमा महिला खेलाडीको भूमिकासँगै महिलालाई खेलतर्फ आकर्षण गर्न र उनीहरुको प्रतिभालाई उजागर गर्न हाफ म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरसँग भगिनी सम्बन्ध कायम भएका चीन, जापान, बेलायतलगायत विश्वका अन्य मुलुकका खेलाडीलाई म्याराथनमा सहभागिता गराउनका लागि प्रयास भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रकाशित : 12 January, 2021

प्रतिक्रिया दिनुहोस्