केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१० महिना पछि हल खोल्ने अनुमति

सहयात्रा टिभी

काठमाडौं । पुस २८, कोरोना संक्रमणका कारण गत चैतदेखि बन्द भएको सिनेमा हल अब खुल्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिनेमा हल खोल्ने निर्णय गरेको हो । सीसीएमसीले केही दिनअगाडि नै सरकारलाई सुरक्षा मापदण्ड अपनाएर सिनेमा भवन सुचारु गर्न दिनका लागि अनुरोध गरेको थियो । सीसीएमसीको सोही पत्रको आधारमा सरकारले हल खोल्ने अनुमति दिएको हो ।

कोरोना संक्रमणको कारण देखाई गत ११ चैत्रबाट सिनेमा हल नेपाल सरकारले बन्द गरेको थियो । अब सुरक्षा मापदण्ड अपनाएर चलचित्र घरमा सिनेमा देखाउन सकिने निर्णय मन्त्रिपरिषद्ले गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले मन्त्रिपरिषद्को निर्णयबाट सिनेमा हल खोलिएकोमा अब आफूहरूले फिल्म चलाउने बक्स अफिसको कोर्ड दिने बताएका छन् । यसअघि सरकारले हल खोल्ने अनुमति नदिएकै कारण आफूहरूले बक्स अफिसको कोर्ड फिल्म चलाउनका लागि दिन नसकेको पनि उनले स्पष्ट पारे । सरकारले चलचित्र प्रदर्शन गर्न रोक लगाए पनि आफूहरू गत महिनाबाट चलचित्रको सेन्सर कार्य भने सुरु गरेको पनि अध्यक्ष दाहालले बताए ।

प्रकाशित : 12 January, 2021

प्रतिक्रिया दिनुहोस्