केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना भाइरस निको भएको ६ महिनासम्म पनि लक्षण देखिने

सहयात्रा टिभी

काठमाडौं । पुस २८, कोरोना भाइरसको संक्रमण भएर अस्पताल भर्ना भएका अधिकांश बिरामीहरुमा अझै पनि थकान र सुत्नमा समस्याजस्ता लक्षणहरु देखिएको चीनमा गरिएको एक अध्ययनले देखाएको छ ।

चिनियाँ सहर वुहानमा १७ सयभन्दा बढी संक्रमितमा गरिएको अध्ययनमा कम्तिमा ७६ प्रतिशतमा अस्पतालबाट डिस्चार्ज भएको महिनौ पछि पनि कम्तिमा एउटा लक्षण देखिएको उल्लेख छ ।

विश्वभर ९ करोडभन्दा बढीलाई संक्रमित बनाइसकेको कोरोना भाइरसबाट निको भए पनि यसले दीर्घकालिनरुपमा मानिसको स्वास्थ्यमा असर पुर्याउने यस अध्ययनले देखाएको छ ।शुक्रबार मेडिकल जर्नल द ल्यानसेटमा प्रकाशित यस अध्ययनमा संक्रमण पुष्टि भएको ६ महिनापछि पनि थकान र सुत्नमा समस्याको लक्षण सबैभन्दा धेरै, क्रमशः ६३ र २६ प्रतिशत, मा पाइएको बताइएको छ ।

कोरोना सङ्क्रमणका कारण सिकिस्त बिरामी भएकाहरुको एक्स–रे गर्दा फोक्सोमा समस्या देखिएको समेत अध्ययनकर्ताहरुले बताएका छन् ।विश्वभरका वैज्ञानिकहरुले कोरोनाभाइरसले स्वास्थ्यमा पार्ने दीर्घकालिन असरको बारेमा अध्ययन गरिरहेका छन् । उनीहरुले यसलाई ‘लङ कोभिड’ को नाम पनि दिएका छन् ।

प्रकाशित : 12 January, 2021

प्रतिक्रिया दिनुहोस्