केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चन्द्रागिरीको आईपीओ भर्ने आज अन्तिम दिन

सहयात्रा टिभी

काठमाडौं । पुस २८, गत पुस २४ देखि विक्रीमा आएको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा आवेदन दिने आज (पुस २८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्मको मिति तोकेपनि मागभन्दा १५ गुणा आवेदन परिसकेकाले छिटो अवधिभित्र बिक्री बन्द गर्न लागेको हो ।

यस कम्पनीको आईपीओमा बिक्रि खुला भएको चौथो दिन सोमवार सम्म १० लाख ८५ हजार ६९ जनाले रू. २ अर्ब १४ करोड १३ लाख १५ हजार बराबरको २ करोड १४ लाख १३ हजार १५० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्यिरिङ लिमिटेडले जानकारी दिएको छ । जुन मागभन्दा १५ दशमलव ३३ गुणाले बढी हुन आउँछ ।

कम्पनीले सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर बिक्रि खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओमध्य ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।

यस आइपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका आवेदन माग गर्न सकिने व्यवस्था छ । कम्पनीको यो आइपीओलाई इक्रा नेपालले मध्यम स्तरको जोखिमको संकेत गर्ने ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ ।

आइपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयर र मेरो शेयर एप मार्फत आवेदन गर्न सक्नेछन् ।

प्रकाशित : 12 January, 2021

प्रतिक्रिया दिनुहोस्