केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री ओली तानाशाहीको बाटोतर्फ अग्रसर

सहयात्रा टिभी

बीरगञ्ज । पुस २८, जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारीनी अध्यक्ष उपेन्द्र यादबले हतास मानसिकताले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओली तानाशाहीको बाटोतर्फ अग्रसर रहेको टिप्पणी दिनुभएको छ । अध्यक्ष उपेन्द्र यादवले ओलीले चालेको कदम अलोक्तान्त्रिक तथा संविधान विपरित रहेको आरोप समेत लगाउनुभयो ।

पार्टीको आन्तरिक झगडा मिलाउन नसक्दा प्रतिनिधि सभा नैविघटन गरेर संघियतालाई जोखिममा पारेको अध्यक्ष यादबको भनाई छ । वीरगञ्जमा संघिय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादबले मधेश आन्दोलन, जनआन्दोलन लगायतबाट प्राप्त उपलब्धीलाई समाप्त पार्न प्रधानमन्त्री ओली लागीपरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी फुटाउने र संवैधानिक निकायहरुलाई कब्जा गरेर निरङकुशता लाद्न खोजेको यादबको भनाई छ । संविधानले नदिइएको अधिकार प्रयोग गरेर प्रतिगमनकारी नितितर्फ प्रधानमन्त्री ओली उन्मुख भएको हुँदा यसको प्रतिकारमा सबै जनता एकताबद्ध भएर उत्रिनुपर्नेमा जोड दिनुभयो ।

संसद विघटन पुर्ण रुपमा असंवैधानिक र गैरसंवैधानिक कदम भएकाले सर्वोच्चले जनताको पक्षमा निर्णय गर्ने विश्वास रहेको पनि उहाँले व्यक्त गर्नुभयो । ‘समावेशिता र पहिचान लगायतका सवालहरु सुन्ने वित्तिकै उहाँलाई कति भोल्टको हो कति भोल्टको करेन्ट लागे जस्तो हुन्छ’, यादबले भन्नुभयो ।

निर्वाचनको घोषणा गरेको प्रसँगमा अध्यक्ष यादबले प्रधानमन्त्री ओलीको नेतृत्वमा हुने चुनाबको विश्वसनियता र निष्पक्षतामा जनताले विश्वास नगर्ने दावी गर्नुभयो ।

प्रकाशित : 12 January, 2021

प्रतिक्रिया दिनुहोस्