केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यस वर्ष माई मेला नलाग्ने

सहयात्रा टिभी

काठमाडौं । पुस २८, हरेक वर्ष मकर संक्रान्तीका दिन लाग्दै आएको माई मेला यस वर्ष नलाग्ने भएको छ। हरेक वर्षको माघ १ गते कनकाई नदीको दुवै किनार माईधार र कोटिहोम क्षेत्रमा मेला लाग्ने गथ्र्यो ।

माईधार क्षेत्रमा शिवसताक्षी नगरपालिकाले र कोटिहोम क्षेत्रमा कनकाई नगरपालिकाले संयुक्त रूपमा मेला आयोजना गर्दै आएको थियो।

मकर नुहाउन र मेला भर्न नेपाल तथा भारतका असंख्य तीर्थयात्री आउने यस ठाउँमा यो वर्ष दुबै नगरपालिकाले मेला नलगाउने निर्णय गरेको छ।दुबै नगरपालिकाले कोरोना भाइरस संक्रमणका कारण यस वर्षको मेला नलगाउने निर्णयमा पुगेका हुन्।

नेपालका विभिन्न धार्मिक महत्व बोकेका नदीहरू मध्ये कन्काई माईको छुट्टै महत्व छ। यो नदीमा हिन्दू धर्मावलम्बी भक्तजनद्वारा आस्थापूर्वक स्नान, पूजाआराधना गर्ने प्रचलन रहिआएको छ। आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको यो नदीमा माघे संक्रान्तीका दिन मकर नुहाउनको लागी घुइँचो नै लाग्ने गरेको थियो।

प्रकाशित : 12 January, 2021

प्रतिक्रिया दिनुहोस्