केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एउटैै पर्दामा कट्रिना र विजय

सहयात्रा टिभी

काठमाडौं । पुस २८, ‘अन्धाधुन’का निर्देशक श्रीराम रागाभनले नयाँ चलचित्र निर्देशन गर्दैछन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा बलिउड नायिका कट्रिना कैफले काम गर्ने पक्का भएको छ । साथमा, यो चलचित्रमा साउथका स्टार विजय सेतुपतीले काम गर्दैछन् ।

कट्रिना र विजयले पर्दा शेयर गर्न लागेको यो पहिलो पटक हो । निर्देशक श्रीरामले नायक बरुण धवनसँग मिलेर नयाँ चलचित्र बनाउने तयारी गरेका थिए । तर, बरुणसँगको यो प्रोजेक्ट कोरोना महामारीका कारण पछि सरेपछि उनी कट्रिना र विजयको साथमा नयाँ चलचित्र निर्माणमा जुटेका हुन् ।

नायिका कट्रिना कैफ ‘फोन भूत’ नामक चलचित्रको छायांकनमा पनि व्यस्त छिन् । यस्तै, उनी अली अब्बास जफरको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रको लागि पनि तयारी गर्दैछिन् । यसरीे हेर्दा, कट्रिनाको चलचित्र लाइनअप गज्जबको देखिएको छ ।

प्रकाशित : 12 January, 2021

प्रतिक्रिया दिनुहोस्