केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संकटकालको क्षेत्र बढाउदै जापान

सहयात्रा टिभी

काठमाडौं । पुस २८, जापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा कोभिडका कारणले लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले सो संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थालेको जापानका अधिकारीहरुले बताएका छन् ।

हाल जापान सरकारले यस्तो प्रकारको संकटकाल जापानको राजधानी टोकियोमा लगाउँदै आएको छ । तर सो क्षेत्रलाई अझ विस्तार गरिने तयारी जापानका प्रधानमन्त्री सुगाले गरेको राजधानी टोकियोबाट प्राप्त भएको छ । सो संकटकाल जापानको राजधानी टोकियो बाहेकका क्षेत्रहरु जस्तो ओसाका, क्योटो र ह्योगोसम्म पनि विस्तार गर्न सकिने भएको हो ।

जापान सरकारले गएको शुक्रबारदेखि राजधानी टोकियोमा यो संकटकाल लगाएको थियो । तर सो संकटकालीन क्षेत्रलाई थप विस्तार गरेर अरु क्षेत्रमा पनि पुराउने भएको हो । ती क्षेत्रहरुमा आफूले संकटकालीन अवस्थालाई बढाउने विषयमा तयारी गरिरहेको जानकारी प्रधानमन्त्री सुगाले आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी, एलडिपीलाई पनि गराएको जनाइएको छ ।

जापान सरकारले राजधानी टोकियोसहितका यसको वरपर रहेका अरु तीन ओटा प्रिफेक्चरहरु चिबा, कानागावा र साइतामामा पनि संकटकालको घोषणा गरेको थियो ।शुरुमा जापानको राजधानी टोकियोमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण यस बाहेकका बाहिरका क्षेत्रमा पनि देखिन थालेपछि पछिल्ला दिनहरुमा आएर जापानले यस्तो नीति लिएको हो। जसका कारण जापान सरकारले ती क्षेत्रमा आवश्यक सहायताका प्याकेजहरुको समेत घोषणा गरी संकटकालको घोषणा गरेको हो ।

प्रकाशित : 12 January, 2021

प्रतिक्रिया दिनुहोस्