केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंमा २५९ कोरोना संक्रमित थपिए

सहयात्रा टिभी

काठमाडौं । पुस २८, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२१ , ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयको अनुसार योसँगै काठमाडौँ उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख २३ हजार २८४ पुगेको छ ।

हालसम्म काठमाडौंमा मात्र ९९ हजार १५० जना संक्रमित भएका छन्, जसमध्ये ४८२ जनाको मृत्यु भइसकेको छ। निको हुनेमा हालसम्म ९६ हजार ४२७ जना रहेका छन्।यसैगरी ललितपुरमा १५ हजार ६४४ जना संक्रमित भएका छन्। जसमा १५२ जना संक्रमितको मृत्यु भएको छ भने १५ हजार ३६७ जना निको भएका छन्।हाल काठमाडौंमा २ हजार २४१, ललितपुरमा २७७ र भक्तपुरमा ८८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित : 12 January, 2021

प्रतिक्रिया दिनुहोस्