केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आयल निगमलाई १२ अर्ब ९१ करोड नाफा

सहयात्रा टिभी

काठमाडौं । पुस २९, नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६ र ०७७ मा १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ नाफा गरेको बताएको छ ।

निगम सञ्चालक समितिको ३९ औं वार्षिक साधारणसभामा समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले प्रतिवेदन प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् ।

नाफा रकमबाट निगमका सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बराबरको नगद लाभांश दुई अर्ब २० करोड वितरण गर्न साधारणसभाले स्वीकृति प्रदान गरेको छ ।निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आर्थिक वर्ष २०७६ र ०७७ को लेखापरीक्षण समेतका वित्तीय विवरण पहिलो पटक नेपाल वित्त रिपोर्टिङ मापदण्ड अनुसार तयार पारिएको हो ।

प्रकाशित : 13 January, 2021

प्रतिक्रिया दिनुहोस्