केपी ओली प्रचण्ड माधव नेपाल एमाले


न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना मल्ल

सहयात्रा टिभी

काठमडौं । पुस २९, संसद विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास गठन गरेका छन्। प्रतिनिधिसभा विघट्नसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्लले गर्ने भएकी छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा सहितका पाँच न्यायाधीशको इजलासमा जारी सुनुवाइका क्रममा न्यायाधीश हरिकृष्ण कार्की बाहिरिए पछि उनको स्थानमा न्यायाधीश मल्लको नाम सर्वोच्च अदालतलतले आजको दैनिक पेसी सूचीमा समावेश गरेको हो ।

न्यायाधीश हरिकृण कार्की केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेकाले नैतिक हिसाबले इजलासमा बस्न नमिल्ने जिकिर शम्भु थापा सहितका वकिलले गरेपछि कार्कीले आफू नबस्ने घोषणा गरेका थिए।

सो इजलमा अब प्रधानन्यायाधीश जबरा सहित सर्वोच्चका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसी रहेका छन्।

प्रकाशित : 13 January, 2021

प्रतिक्रिया दिनुहोस्