केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकामा २ करोड ३३ लाखमा कोरोना संक्रमण

सहयात्रा टिभी

काठमाडौँ । पुस २९, अमेरिकामा २ करोड ३३ लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र २ लाख २२ हजार १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ३३ लाख ६८ हजार २२५ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म १ करोड ३८ लाख १६ हजार २८ जना संक्रमणमुक्त भएका छन् ।उपचार गराइरहेका ९१ लाख ६२ हजार ५९८ जनामध्ये २९ हजार २२२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार २५९ कोरोना संक्रमितको मृत्यु भएको छ ।तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ८९ हजार ५९९ पुगेको छ ।

प्रकाशित : 13 January, 2021

प्रतिक्रिया दिनुहोस्