केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अचम्मको परम्पराः जहाँ जिउँदै मानिसलाई गाडिन्छ

सहयात्रा टिभी

काठमाडौं । पुस २९, विश्वका सबै देशमा आ–आफ्नै संस्कार र संस्कृति हुन्छ । तर जिउँदै मानिसलाई जमिनमा गाडिन्छ भन्दा अचम्म लाग्न सक्छ । यो प्रथा क्युबामा छ । क्युबामा यो परम्परालाई बूजी फेस्टिबलका रुपमा चिनिन्छ ।

यो परम्परामा ज्युँदै मान्छेलाई जमिनमा गाड्ने गरिन्छ । यसमा कुनै एक मानिसलाई काठको बाकसमा राखिन्छ र उनीलाई पुरै शहरको सडकमा घुमाइन्छ ।बाकसको पछाडि बाकसभित्र भएको मानिसको आफन्त, साथीभाईहरु र अन्य धेरै मानिसहरु हुन्छन् । उनीहरु नशाको तालमा नाच्दै, गाउँदै र बजाउँदै रमेर हिडिरहेका हुन्छन् । यति मात्रै कहाँ हो र एक महिला सेतो लुगा लगाएर विधवा समेत बनेकी हुन्छिन् ।

क्युबामा यो परम्परा पछिल्लो ३० वर्षदेखि मनाउने चलन छ । खाश त यो एक जिउँदो मान्छेलाई गाड्ने परम्परा हो तर यो एउटा विवाह जस्तै गरि मनाउने भएकोले हेर्ने मानिसहरुलाई यो विवाह जस्तो पनि लाग्छ ।

प्रकाशित : 13 January, 2021

प्रतिक्रिया दिनुहोस्