केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजश्व कार्यालयमा घुस लिने र दिने दुवै पक्राउ

सहयात्रा टिभी

काठमाडौं । पुस २९, आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा ४३ हजार घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनलाई कार्यालयबाटै पक्राउ गरेको छ ।

टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग उनले घुस लिएको आयोगले बताएको छ । घुस दिने मगरलाई समेत पक्राउ गरिएको आयोगले जानकरी दिएको छ । कर रकम घटाउन दुई पक्षबीच कुराकानी भएको थाहा पाएपछि आयोगले निगरानी गरी दुवैलाई पक्राउ गरेको हो ।

प्रकाशित : 13 January, 2021

प्रतिक्रिया दिनुहोस्