केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अरनिको यातायातमा रोक

सहयात्रा टिभी

काठमाडौं । पुस २९, बुधबार अरनिको राजमार्गमा भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाएकाको आफन्तले आज पनि अरनिको यातयातका गाडी बन्द गरेका छन् । हिजो सबै गाडी बन्द गरेका पीडितले आज भने अरनिको यातायातका गाडी मात्रै चल्नमा रोक लगाएका हुन् । गाडी बन्द हुँदा काठमाडौंबाट सिन्धुपाल्चोक दोलखा जाने यात्रुहरु अलपत्र परेर बसेका छन् ।

पीडितले उचित क्षतिपूर्तिको व्यवस्था नगरेसम्म अरनिको यातयातका गाडी चल्न नदिने बताएपछि अरनिको राजमार्गमा सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् । हिजो पाँचखाल नगरपालिकाको तीनपिप्लेमा सवारी दुर्घटना हुँदा २५ वर्षीय दिवाकर भुजेलको मृत्यु भएको थियो ।

हिजो अबेरसम्म भएको वार्तामा अरनिको यातायात प्रालि र पीडितपक्षबीच सहमति हुन नसकेपछि अरनिको यातयातलाई त्यहाँका स्थानीयले रोकेका छन् । सिन्धुपाल्चोकको जलबिरेबाट काठमाडौं आउँदैं गरेको बा २ ख ६६०२ नम्बरको बसले बा ६ प ७८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भुजेलको मृत्यु भएको थियो ।

प्रकाशित : 13 January, 2021

प्रतिक्रिया दिनुहोस्