केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पीएम कप पुरुष क्रिकेट आजदेखि, आर्मी र गण्डकी प्रदेश भिड्दै

सहयात्रा टिभी

काठमाडौं । माघ २, राष्ट्रिय खेलकुद परिषद् राखेपको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरुहुँदै छ ।

क्यानको अहिलेको नयाँ कार्यसमिति आएपछि पहिलो पटक प्रधानमन्त्री कप आयोजना गर्न लागिएको हो । यसअघि यो प्रतियोगिता राखेपको आर्थिक सहयोगमा निजी क्षेत्रले सञ्चालन गर्दै आएको थियो । प्रतियोगितामा सात वटा प्रदेश र तीन विभागीय गरि दश टिमको सहभागिता रहने छ ।

आज र शनिबारका खेलहरु त्रिवि क्रिकेट मैदानमा आयोजना हुने छन् भने आइतबारदेखि मूलपानी मैदानमा पनि हुने छन् । सेमिफाइनल र फाइनलका खेलहरु भने कीर्तिपुरमा हुने छन् । प्रतियोगिताको उद्घाटन खेलमा विभागीय क्लब त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने छ । विनोद भण्डारीको कप्तानीमा त्रिभुवन आर्मीले यो प्रतियोगिता खेल्दै छ भने गण्डकीको कप्तानी विपिन खत्रीले गर्ने छन् ।

गण्डकीको टिममा खत्री कप्तान र अशोक श्रेष्ठ उप कप्तान रहेका छन् । दीपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दीपक डुम्रे, अभिषेक थापा, सुवास भण्डारी, समिर कँडेल, अर्जुन कुमाल, विशाल पौडेल विष्णु पाण्डे र दिनेश बुढामगर रहेका छन् । यसैगरी टिमको प्रशिक्षकमा रिजन प्रजो रहेका छन् भने व्यवस्थापकमा चन्द्रकुमार गुरुङ रहेका छन् । यसैगरी ४ जना खेलाडीलाई बैकल्पिक खेलाडीको रुपमा पनि छनोट गरिएको छ ।

मिलन लुइंटेल, विज्ञान गौतम, सन्देश बस्नेत र कमल परियार रहेका छन् । यसैगरी, विभागीय क्लब त्रिभुवन आर्मीले पनि प्रधानमन्त्री कप क्रिकेटका लागि टिम घोषणा गरिसकेको छ । आर्मीमा आवद्ध भएका करण केसी, सोमपाल कामी र कुशल मल्ल विनै आर्मीले टिम घोषणा गरेको हो । उनीहरु तीन जना जनवरी २८ तारिखदेखि शुरुहुने टी १० लिग क्रिकेटका लागि युएई जाने भएकाले टिममा समावेश नगरिएको आर्मीले जनाएको छ ।

आर्मीको १४ सदस्यीय टिममा भण्डारी (कप्तान) रोहित कुमार पौडेल, भीम सार्की, राजेश पुलामी, हरि चौहान, अनिल मण्डल, राजु रिजाल, विक्रम सोब, आकाश चन्द, सुशन भारी, साहब आलम, हरिकृष्ण झा, जितेन्द्र मुखिया र लोकेश बम रहेका छन् । यसैगरी आर्मीको प्रशिक्षकमा चन्द्र साउद र टिम ब्यवस्थापकमा राजिव चन्द रहेका छन् । प्रतियोगिता अन्तर्गत शनिबार भने एपीएफ र प्रदेश एक आमने सामने हुने छन् ।

प्रकाशित : 15 January, 2021

प्रतिक्रिया दिनुहोस्