केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘वान वेल्ट वान रोड’ नेपालको विकासको आधार – महरा

सहयात्रा टिभी

बैशाख १५, २०७४ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णवहादुर महाराले वान बेल्ट, वान रोड परियोजना नेपालको आर्थिक विकासमा लागि ठूलो अवसर भएको बताउनुभएको छ ।
वान बेल्ट, वान रोड परियोजनाका बिषयमा चाइना स्टडी सेन्टरले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री महराले यस्तो बताउनुभएको हो । उहाँले चीनसँगको कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन पनि परियोजनाले ठूलो महत्व राख्ने उल्लेख गर्नुभयो । लगानीको वातावरण तयार पार्ने सरकारको योजनालाई परियोजनाले सहयोग पुराउने उहाको भनाई छ । यसैबिच चीनको बेइजिङमा हुने वान बेल्ट, वान रोड परियोजना (ओबिओआर) सम्मेलनमा नेपालले सहभागिता जनाउने निश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनमा भाग लिन उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई नेपालका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरी चीन जान निर्देशन दिनुभएको छ ।

प्रकाशित : 28 April, 2017

प्रतिक्रिया दिनुहोस्