केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

सहयात्रा टिभी

काठमाडौं । माघ २, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ आज शुक्रवारदेखि सर्वसाधारणका लागि बिक्री खुला हुने भएको छ ।बैंकले नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ जारी गर्न लागेको हो ।

निष्कासन गर्न लागिएको कुल शेयरमध्ये ०.२० प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिने सक्नेछन् ।

आज कार्यालय समयबाट खुल्ला हुने आइपीओ छिटोमा माघ ६ गते बन्द हुनेछ । तर त्यस अवधिभित्र पनि पूर्ण आवेदन नपरे माघ १६ गतेसम्म निष्काशन अवधि थपिनेछ । बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

प्रकाशित : 15 January, 2021

प्रतिक्रिया दिनुहोस्