जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली चितवन जाँदै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै यो पनि पढ्नुहोस् प्रत्यक्षतर्फ २ वटा मत छाप्ने कार्य प्रगति के भयो ? सर्वोच्च


sahayatra
On : 15 January, 2021

काठमाडौं । माघ २, सूर्योदय ‘बी’ र डाफोडिल ‘पीएचसीए खुला एसइई थ्री अन थ्री’ बास्केटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बास्केटबलको ब्वाइजतर्फ सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

घट्टेकुलोमा बिहीबार भएको खेलमा सूर्योदय ‘बी’ ले विल्सन एकेडेमीलाई ८–६ अङ्कले पराजित गरेको थियो । डाफोडिलले सूर्योदय ‘बी’ लाई १२–७ अङ्कले तथा विल्सनलाई १६–१० अङ्कले हरायो । ब्वाइजतर्फ नै मिलन ‘ए’, ‘बी’ र ‘डी’, भीएस निकेतन कलेज ‘ए’, रोशन, मनास्लु, क्याम्पियन, विनय पुरी, ग्रामर, टीआइए, टिम रावत र ओमेगा टोली प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यसैगरी गल्र्सतर्फ सूर्योदय, साइपाल, लिम्पिया, भीएस निकेतन कलेज ‘ए’, बुद्ध प्रकाश र हिमालय क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उक्त प्रतियोगिताको सूर्योदय फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी र प्रबन्ध निर्देशक सुशील थापाले संयुक्तरूपमा उद्घाटन गरेका थिए । प्रतियोगितामा ब्वाइजतर्फ ३२ तथा गल्र्सतर्फ १६ टोली सहभागी छन् ।

ब्वाइजतर्फ पहिलो हुनेले रु. २० हजार, दोस्रोले रु. १० हजार र तेस्रोले रु. पाँच हजार तथा गल्र्सतर्फ पहिलो हुनेले रु १५ हजार, दोस्रो हुनेले रु. आठ हजार र तेस्रो हुनेले रु. चार हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता शनिबारसम्म चल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्