केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इन्डोनेशियामा भूकम्प जादाँ ३४ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । माघ ०२, इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पताल आंशिक रूपमा भत्किएपछि कम्तीमा ३४ जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। शुक्रवार सबेरै एउटा सानो भूकम्पको गएको एक घण्टापछि ६.२ म्याग्निट्यूडको ठूलो भूकम्प गएको छ ।उद्धारकर्मीहरूले अस्पतालको भग्नावशेषमा जीवित मानिसहरू छन् कि भनेर खोजिरहेका छन्।

भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन्।विनाशकारी भूकम्प र सुनामीका कारण इन्डोनेशिया प्रभावित हुने गरेको छ। सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो।मामुजु नगरस्थित एउटा अस्पतालका केही भाग भत्किएपछि कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उक्त पाँचतले अस्पतालबाट ६० जनालाई सुरक्षित उद्धार गरिएको थियो।

यो सबै एकदमै छिटो भयो, १० सेकेन्डजति स्थानीय प्रहरीका प्रवक्ता स्याम्सु रिद्वानले बताए। उनका अनुसार भूकम्पका बेला उक्त अस्पतालको बिजुली गएको थियो।इन्डोनेशिया भूकम्पीय जोखिम भएको क्षेत्रमा अवस्थित छ ।मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूको भनाइ छ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा तथा फोनको सङ्केत नहुँदा उद्धारकार्य पनि प्रभावित भएको छ।भूकम्पको केन्द्रबिन्दु माजेने नगरबाट छ किलोमिटर पर १० किलोमिटर तल रहेको बताइएको छ।त्यहाँको परिस्थिति निकै खराब रहेको योग्यकार्तास्थित गज मद विश्वविद्यालयको भूगर्भ विभागमा कार्यरत डा. गायत्री मार्लियानीले बताइनन्।

उनका अनुसार तटीय क्षेत्रमा भत्किएका भवनमध्ये गर्भनरको कार्यालय पनि छ। उनले केही अस्पताल र एउटा होटल क्षतिग्रस्त भएको र केही मानिसहरू तिनको भग्नावशेषमा फसेको बताइन्।

प्रकाशित : 15 January, 2021

प्रतिक्रिया दिनुहोस्