केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मलेसियाको कब्जामा पाकिस्तानी विमान

सहयात्रा टिभी

क्वालालम्पुर । माघ ०२, पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा ‘बोइङ्ग–७७७’ विमानलाई मलेसियाले कब्जामा लिएको छ । क्वालालम्पुर विमानस्थलमा मलेसियाली प्रशासनले उक्त पाकिस्तानी विमान कब्जामा लिएको हो । अधिकारीहरुका अनुसार मलेसियाको एउटा स्थानीय अदालतको आदेशअनुसार सो विमान कब्जा गरिएको हो ।

समाचार एजेन्सीहरुका अनुसार पीआईएले विमान भाडामा लिएबापतको रकम नबुझाएका कारण यस्तो कारवाही गरिएको हो । पीआईएले सन् २०१५मा भियतनामको एउटा कम्पनीसँग बोइङ्ग–७७७ विमान भाडामा लिएको थियो ।

पाकिस्तानी न्यूज च्यानल ‘जियो टिभी’ले जनाएअनुसार पाकिस्तानी सहर कराँचीबाट मलेसियाको क्वालालम्पुर पुगेको उक्त विमानलाई फर्कन नदिइ मलेसिया प्रशासनले कब्जामा लिएको हो । क्वालालम्पुरबाट पाकिस्तानतर्फ फर्कनका लागि विमान तयारी अवस्थामा रहेको र यात्रीहरुसमेत विमानमा चढिसकेको अवस्थामा उडान भर्न अनुमति नदिइएको हो ।

विमानलाई क्वालालम्पुर विमानस्थलमै रोकिएपछि विमानका चालक दलका १८ सदस्य पनि मलेसियामै बस्नुपरेको छ । कोभिड–१९ प्रोटोकलअनुसार चालक दलका सबै सदस्यले कम्तीमा १४ दिन क्वारेन्टिन बस्नुपर्ने जनाइएको छ ।

प्रकाशित : 15 January, 2021

प्रतिक्रिया दिनुहोस्