केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

सहयात्रा टिभी

काठमाडौँ । माघ ३, प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ । कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आह्वान गरेका छन्। पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ स्थानीय तह र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा‍ विरोध प्रदर्शन गरिसकेको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।

प्रकाशित : 16 January, 2021

प्रतिक्रिया दिनुहोस्