केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतमा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै

सहयात्रा टिभी

काठमाडौं । माघ ३, भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु हुँदै छ। कोरोनाविरुद्धको खोपको आज पहिलो डोज सर्वसाधारणलाई दिइँदै छ । यो खोप अभियानको सुरुवात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन् ।


भारतीय मिडियाले संसारकै सबैभन्दा ठूलो खोप अभियान भनेर यसलाई वर्णन गरेका छन् । खोप लगाउनका लागि भारतभर ३ हजार ६ वटा खोप केन्द्र बनाइएको छ । प्रत्येक केन्द्रमा करिब एक सय जनालाई खोप लगाइने बीबीसी हिन्दीले उल्लेख गरेको छ।

खोप अभियानको पहिलो दिन आज (शनिबार) करिब तीन लाख मानिसलाई कोरोना खोप लगाइने बताइएको छ । खोप अभियान सुरु गर्न भारत सरकारले सबै तयारी पूरा गरेको जनाएको छ ।

खोप अभियानका लागि केन्द्र सरकारका २ हजार ३ सय ६० जना तालिम प्राप्त कर्मचारी र राज्य सरकारका साढे पाँच लाख बढी कर्मचारी सहभागी हुनेछन् । प्राविधिक सहयोगका लागि दिल्लीमा एउटा टोली २४ घण्टै खटिने बताइएको छ ।

खोप अभियानको पहिलो दिन दिल्लीका ८ हजार १ सय मानिसहरुलाई खोप लगाइनेछ । कोरोनाविरुद्धको लडाइमा अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारीलगायतका व्यक्तिहरुलाई पहिलो चरणको खोप दिइने भारतीय अधिकारीहरुले बताएका छन्।

प्रकाशित : 16 January, 2021

प्रतिक्रिया दिनुहोस्