केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतमा ५२ जनामा कोरोना खोपको साइडइफेक्ट

सहयात्रा टिभी

काठमाडौं । माघ ०४, भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । यसमध्ये एक जनाको अवस्था गम्भीर छ ।दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । जसमा ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको हो ।पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको थियो ।

स्वास्थ्य विभागका अनुसार पश्चिम बंगालमा करिब १५ हजार ७०७ स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो । तीमध्ये एक जनाको स्वास्थ्य बढी खराब भएको थियो ।उनलाई उपचार गर्न एक मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको भारतीय मिडियाहरुले बताएका छन् ।

भारतमा प्राथमिकताका आधारमा सरसफाईका कर्मचारीलाई स्वास्थ्यकर्मीलाई पहिलो चरणमा शनिबारबाट कोरोना भ्याक्सिन लगाएर कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको हो ।

भारतमा सुरु भएको अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भएको दाबी गरिएको छ ।दैनिक विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्य मन्त्री डा। हर्ष बर्धनले जानकारी दिएका छन् । भारतमा कोभिशिल्ड र कोभ्याक खोप लगाउन थालिएको हो ।

प्रकाशित : 17 January, 2021

प्रतिक्रिया दिनुहोस्