केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पीएम कप क्रिकेटमा यी चार खेलाडी देखिने छैनन्

सहयात्रा टिभी

काठमाडौं । माघ ०४, कुनै पनि देशको क्रिकेट विकास गर्न र राष्ट्रिय टिम बलियो बनाउने आधार घरेलु प्रतियोगिता र यसको संरचना नै हो । राष्ट्रिय टिममा स्थान बनाउनका लागि घरेलु प्रतियोगिताहरुमा राम्रो गर्नुपर्ने हुन्छ ।

त्यसैले राष्ट्रिय प्रतियोगिता खेल्नका लागि खेलाडीहरु उत्साहित पनि हुन्छन् । नयाँ प्रतिभाको लागि यो राम्रो अवसर समेत बन्न सक्छ ।ठिक यतिबेला नेपालमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता चलिरहेको छ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघले यस प्रतियोगिताको व्यवस्थापन गरिरहेको छ ।

राष्ट्रियस्तरको प्रतियोगितामा सबै खेलाडीले खेलेको हेर्ने चाहना क्रिकेट प्रेमीहरुको पनि हुन्छ । तर यसपटक नाम चलेका केही खेलाडी भने पीएम कपमा देखिने छैनन् ।

ग्लोबल स्टारको छवी बनाइसकेका सन्दीप लामिछाने, युवा अलराउण्डर कुशल मल्ल, सोमपाल कामी र करण केसी यी चार खेलाडी यस पटक पीएम कप खेल्ने छैनन् ।यस्तै नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले पनि दुई खेल मात्र खेल्दैछन् ।

राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप हाल अष्ट्रेलियामा भइरहेको बीग बास लिग (बीबीएल) मा होबार्ट हुरिकेन्सका लागि खेलिरहेका छन् । विदेशी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीप यस सिजन नयाँ टिम होबार्टमा आबद्ध भएका हुन् । यसअघिका दुई सिजन उनले मेलवर्न स्टार्सबाट खेलेका थिए । सन्दीपले यस सिजन ४ विकेट लिएका छन् । सन्दीपले अहिलेसम्म नेपालमा भएको राष्ट्रिय प्रतियोगिता खेलेका छैनन्

सन्दीप अष्ट्रेलियामा खेलिरहेका बेला फास्ट बलरद्वय सोमपाल कामी र करण केसी अनि अलराउण्डर कुशल मल्ल युएईमा हुने चौथो संस्करणको टी–१० लिग खेल्नका लागि अर्को साता जाँदैछन् । उनीहरु अहिले त्यसका लागि व्यस्त छन् । त्यसैले गर्दा यी तीन खेलाडीले पीएम कप नखेलेका हुन् ।

प्रकाशित : 17 January, 2021

प्रतिक्रिया दिनुहोस्