केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१० महिनापछि काठमाडौंका विद्यालयहरु खुल्दै

सहयात्रा टिभी

काठमाडौं । माघ ०४, कोभिड–१९ को कारण गत चैत्रदेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन् । भौतिक रुपमै उपस्थित भई कक्षा सञ्चालन गर्ने गरी विद्यालयहरू खुलेका हुन् ।

काठमाडौँ महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयले विद्यार्थीहरूको उपस्थितिमा विद्यालय खोल्न सकिने बताएपछि महानगरपालिका भित्रका केही विद्यालय खुलेका हुन् ।

कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेर विद्यार्थीहरुको चाप घटाएका छन् । विजय स्मारक माध्यामिक विद्यालयका प्रध्यानाध्यापक डिल्लीप्रसाद शर्माले विद्यालय भौतिक रूपमा पठनपाठन गर्नेगरी खुलेको बताउनुभयो । भौतिक रूपमा विद्यालय सञ्चालन गरिएसँगै विद्यार्थीहरू मास्कको प्रयोगसहित विद्यालय जान थालेका छन् ।

काठमाडौंका केही विद्यालयहरू खुले पनि सम्पूर्ण विद्यालय खुल्न भने अझै केही समय लाग्ने भएको छ । कतिपय विद्यालयले भने पूर्वतयारी गरिरहेको र काठमाडौँ महानगरपालिकाको औपचारिक पत्र प्राप्त नगरेको भन्दै विद्यालय खोलिसकेका छैनन् । केही दिनपछि पठनपाठन सञ्चालन गर्ने तयारी रहेको रत्नराज्य माध्यामिक विद्यालयका प्रधानाध्यापक रामशिस यादवले जानकारी दिए ।

प्रकाशित : 17 January, 2021

प्रतिक्रिया दिनुहोस्