जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली चितवन जाँदै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै यो पनि पढ्नुहोस् प्रत्यक्षतर्फ २ वटा मत छाप्ने कार्य प्रगति के भयो ? सर्वोच्च


sahayatra
On : 17 January, 2021

काठमाडौं । माघ ०४, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार दिउँसो शितल निवास जानुभएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा भएको कुराकानीबारे भने केही खुलेको छैन । प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ ।

तर, पछिल्लो समय ओलीले आफू आपतमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट्ने गर्नुभएको छ । उहाँमाथि आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई प्रयोग गर्ने गरेको आरोप समेत लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्