केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्थानीयद्रारा बुलबुले तालमा फसेको जरायोको उद्धार

सहयात्रा टिभी

सुर्खेत। माघ ०४, सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल बुलबुले तालमा फसेको घाइते जरायोको उद्धार गरिएको छ ।

तालमा फसेर घाइते भई अचेत अवस्थामा रहेको करिब तीन वर्षको जरायोलाई आइतबार बिहान उद्धार गरी उपचार थालिएको डिभिजन वन कार्यालय सुर्खेतले बताएको छ ।

तालको बीचमा जरायो फसेको भन्ने स्थानीय बासिन्दाबाट खबर पाएपछि डिभिजन वन कार्यालयको टोलीले उद्धार गरेको सहायक वन अधिकृत टेक रावलले जानकारी दिएका हुन् ।

रावलका अनुसार घाइते जरायो संरक्षित क्षेत्र काँक्रेविहार जंगलबाट बाहिर निस्केको र अचेत अवस्थामा डौडिदाँ बुलबुलेको तारजालिमा ठोक्किँदा घाइते भएको अनुमान गरिएको छ ।जरायोको टाउकोमा चोट लागेको छ । उपचारपछि निको भएपछि काँक्रेविहार जंगलमा छाडिने छ ।

प्रकाशित : 17 January, 2021

प्रतिक्रिया दिनुहोस्