केपी ओली प्रचण्ड माधव नेपाल एमाले


द भ्वाइस अफ नेपाल सिजन ३’ मा आस्था राउत नहुने

सहयात्रा टिभी

काठमाडौं । माघ ०४, गत हप्ता रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को लागि निर्णायकहरु घोषणा गरियो । यसअघिको सिजनमा गायिका आस्था राउत निर्णायकका रुपमा थिइन् ।

सिजन ३ मा भने उनको सट्टा तृष्णा गुरुङलाई निर्णायक बनाइएको छ । गायिका राउत विवादमा आएका कारण उनलाई हटाइएको आँकलन गरिएको छ ।गतवर्षको ‘द भ्वाइस अफ नेपाल’ मा आस्थाको निर्णायक भूमिकालाई रुचाइएको थियो । यसपटक भने टिमले आस्थालाई शोमा निर्णायक नबनाउने भएको छ ।

पुरुष निर्णायकहरु दीप श्रेष्ठ, राजु लामा र प्रमोद खरेल भने यथावत् नै छन् ।यता गायिका राउतले भने द भ्वाइस अफ नेपालको सिजन ३ मा आफूले समय दिन नपाएकाले छाड्नुपरेको बताएकी छिन् । अरु सिजनमा भने आफू जोडिन सक्ने पनि उनले स्पष्ट पारेकी छिन् ।गायिका राउतले भनिन् – द भ्वाइस अफ नेपालका लागि समय दिन नसकेको चाहिँ हो । केही समय म व्यस्त बनेँ । कार्यक्रमको सिलसिलामा व्यस्तता झनै बढ्यो ।

उनी कार्यक्रमका लागि काठमाडौंबाहिर जान लागेको पनि बताइन् । स्टेज कार्यक्रम र नयाँ गीतको तयारीमा लागेको कारण आफूले ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का लागि समय दिन नसकेको उनले जानकारी दिइन् ।

प्रकाशित : 17 January, 2021

प्रतिक्रिया दिनुहोस्