केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काभ्रेको दुई ठाउँमा बम विष्फोट, प्रहरी स्कर्टिङमा सवारी पास

सहयात्रा टिभी

काभ्रे । माघ १०, जिल्लाको बुडोल र मंगलटारमा बम विष्फोट भएको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले गएराती बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडोल र रोशी गाउँपालिका वडा नम्बर-८ को मंगलटारमा बम विष्फोट गराएको हो । विप्लव समूहले नेपाल बन्द घोषणा गरेको छ ।

प्रहरीका अनुसार शनिबार बिहान ३:४५ बजेको समयमा जिल्लाको बनेपा-६ बुडोलस्थित सडक छेउमा (झोलामा कुकर बम जस्तो देखिने) शंकास्पद बस्तु फेला परेको छ । उक्त स्थानमा नं. १५ गण हेक्वा काभ्रेबाट १५ जनाको टोली, ईलाका प्रहरी कार्यालय बनेपाबाट १० जनाको टोली र नेपाली सेनाको बिष्णुदल गण धुलिखेलबाट १ जनाको बम डिस्पोजल टोली खटिएको छ।

बुडोलकै सोही स्थानमा एउटा बम भने विष्फोट भएको थियो । बम डिस्पोजलसंगै चेक जाँच गरि सवारी पास गर्ने क्रममा बनेपामा सवारी जाम नै परेको छ ।

सोही समयमा जिल्लाकै रोशी-८ नार्के स्थित बिपि राजमार्गको बाँया साईटमा बम विष्फोट भएको थियो । तर कुनै मनवीय लगायतका क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

विष्फोटबाट कुनै क्षति नभए पनि अरनिको र बीपी राजमार्गमा सवारी साधन भने अवरुद्ध भएको छ । त्यस्तै लामो रुट हुँदै डाँडापारी र कोशीपारीको ग्रामीण क्षेत्रमा जाने बस भने ठप्प भएको छ ।

प्रतिबन्धित नेकपा विप्लव समूहको नेपाल बन्द कार्यक्रमलाई लक्षित गरी गाडीहरुलाई पास गर्न प्रहरीले स्कर्टिङ्गको व्यवस्था गरेको छ ।

प्रकाशित : 23 January, 2021

प्रतिक्रिया दिनुहोस्