केपी ओली प्रचण्ड माधव नेपाल एमाले


होम प्रोडक्सनबाट किन अलग्गिए महेश भट्ट ?

सहयात्रा टिभी

एजेन्सी । माघ १०, बलिउड फिल्म निर्माता महेश भट्ट होम प्रोडक्सन विशेष फिल्मबाट अलग्गिएका छन् ।

उनका भाई मुकेश भट्टले दाइ महेशले विशेष फिल्मको क्रिएटिभ कन्सल्टेन्ट पदबाट राजीनामा दिएको पुष्टि गरेका छन् ।

उनले दाजुभाईबीच कुनै पनि किसिमको झगडा नरहेको बताएका छन् । अब यो ब्यानर मुकेशका छोरी साक्षी र छोरा विशेषले चलाउेछन् ।

‘महेश विशेष फिल्मस्बाट बाहिरिएका छैनन् । यो स्पष्ट रुपमा बुझ्नुहोस् । कम्पनी विशेष फिल्मस् मेरो हो । निर्देशन छोडेपछि पनि मेरो दाइ यसमा कैयौं प्रोजेक्टका लागि क्रिएटिभ कन्सल्टेन्टका रुपमा काम गरिरहेको थियो । यदि मलाई कुनै फिल्ममा उसको आवश्यकता पर्यो भने ऊ आफ्नो क्रिएटिभ देखाउन उपस्थित हुनेछ । हाम्रो झगडा भएको छैन । तर उनी अब क्रिएटिभ कन्सल्टेन्टको पदमा बस्न चाहदैनन्’, मुकेशले भनेका छन् ।

मुकेशले छोरी साक्षी र छोरा विशेषले कम्पनीको विरासत थाप्ने खुलाए । ‘उनीहरुसँग धेरै राम्रा अवधारणा छन् । उनीहरुको अनुभवलाई गाइड गर्नका लागि म जहिल्यै सँगै हुन्छु । अबको समय फिल्म निर्माणमा मेरा सन्तानलाई अगाडि बढाउने हो । जसलाई लिएर म धेरै आशावादी छु’, उनले भनेका छन् ।

विशेष फिल्मस्को व्यानरबाट बनेको पछिल्लो रिलिज फिल्म ‘सडक २’ थियो । जसको निर्देशक महेश भट्ट थिए । महेशले करिब २४ वर्ष पछि कम्पनीसँग सहकार्य गरेका थिए । उनले विशेष फिल्मस्को व्यानरबाट १९९६ मा ‘दस्तक’सहित कैयौं फिल्म निर्देशन गरेका थिए ।

प्रकाशित : 23 January, 2021

प्रतिक्रिया दिनुहोस्