केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतको उत्तराखण्ड राज्यमा १९ वर्षे किशोरी मुख्यमन्त्री बन्दै

सहयात्रा टिभी

काठमाडौँ ।  माघ ११,  भारतको उत्तराखण्डमा राज्यमा १९ वर्षीया किशोरीलाई मुख्यमन्त्री बन्ने भएकी छन् । राष्ट्रिय बालिका दिवसका अवसरमा उनलाई जनवरी २४ अर्थात आइतबार एक दिनका लागि मुख्यमन्त्री बनाउन लागिएको हो।

राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्नेछिन् ।

गोस्वामी आज (आइतबार) एक दिनका लागि मुख्यमन्त्री नियुक्त हुने उत्तराखण्ड बाल संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिइन्।

​मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि गोस्वामीलाई सरकारी अधिकारीहरूले आफ्नो कामबारे रिपोर्टिङ गर्ने र त्यसमाथि सृष्टिले जवाफ दिने बताइएको छ।

विश्वमा निश्चित वर्ग र समूहको उत्थान र सम्वर्द्धन गर्न भन्दै बेलाबखत ती समूदायका प्रतिनिधिहरूलाई यसरी केही समयका लागि राज्यको उच्च तहमा नियुक्त गर्ने गरिएको छ।

प्रकाशित : 24 January, 2021

प्रतिक्रिया दिनुहोस्