केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वीरगञ्जमा ११ वर्षीया बालिका बलात्कृत

सहयात्रा टिभी

काठमाडौं । माघ ११, वीरगञ्ज –१ छपकैयामा ११ वर्षकी एक बालिका बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको बतईएको छ ।

मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ । घटनापछि फरार मियाँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपींं) मनोजीत कुँवरले जानकारी दिए ।

सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएका छन् ।

प्रकाशित : 24 January, 2021

प्रतिक्रिया दिनुहोस्