केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जनगणनाको लागि गणक तथा सुपरिवेक्षक पदमा दरखास्त आव्हान

सहयात्रा टिभी

काठमाडौं । माघ ११, केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा करिब २९ हजार गणक तथा ८ हजार सुपरिपेक्षक पदमा दरखास्त आव्हान गरेको छ ।

वि. स. २०७७ चैत्र ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत्र ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको केन्द्रीय तथ्याङ्क विभागले बताएको छ । अघिल्लो जनगणनामा भन्दा यसपटक ८ वटा बढी आधारभुत प्रश्नहरु राखिने छ ।

– नेपालमा वि.सं. १९६८ सालदेखि जनगणना सुरु भएको थियो ।
– राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौँ जनगणना हो ।
– बाह्रौ जनगणना २०७८ जेठ देखि असारसम्म सञ्चालन हुने विभागले जनाएको छ ।

 

प्रकाशित : 24 January, 2021

प्रतिक्रिया दिनुहोस्