केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार, नेप्से र कारोबार रकम दुबैमा नयाँ रेकर्ड

सहयात्रा टिभी

काठमाडौं । माघ ११, हालसम्मकै उच्च भोल्यूम सहित साताको पहिलो कारोबार दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा नयाँ रेकर्ड कायम भई नेप्से अलटाइम हाइ विन्दुमा पुगेको छ।

आइतबार नेप्से परिसूचक ५०.२० अर्थात २.११ प्रतिशत बढेर २४२४।८४ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बन्द विन्दु (हाइ क्लोजिङ्ग पोइन्ट) हो। यस दिन २०७ कम्पनीको ७९ हजार ४९८ पटकको कारोबारमा ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको बताईएको छ।

एक दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार
कारोबारमा आएको पोखरा फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, मिथिला लघुवित्त र ग्रामीण विकास लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको छ। त्यसैगरी, गुराँस लघुवित्त, नागरिक लगानी कोष लगायतका कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको जनाईएको छ।

११ उपसमूहको परिसूचक बढ्यो
यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको बताईएको छ। त्यसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.६९ प्रतिशत बढेको हो। गत साता सर्वाधिक बढेको व्यापार उपसमूहको परिसूचक भने यस दिन २.४७ प्रतिशत घटेको छ।

नेपाल लाइफको सर्वाधिक कारोबार
सोनेपाल लाइफ इन्स्योरेन्सको यस दिन ६६ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनीको ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री जानाईएको छ।

 

 

प्रकाशित : 24 January, 2021

प्रतिक्रिया दिनुहोस्