केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रचण्ड र माधव नेपाल आज माइतीघरमा धर्ना बस्‍ने

सहयात्रा टिभी

काठमाडौं । माघ १८, संसद्‌ विघटनविरुद्ध आन्दोलनरत नेकपा नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आज (आइतबार) माइतीघरमा धर्ना बस्ने भएका छन्‌।

प्रतिनिधि सभा विघटनको असंवैधानिक घोषणा खारेजी मागसहित माइतीघरमा जारी धर्नामा आज दाहाल र नेपाल आउने भएका सो समूहका नेता विष्णु रिजालले जानकारी दिए।

दाहाल र नेपाल मध्याह्न १२ बजेदेखि धर्नामा बस्नेछन्‌।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌ विघटन गर्दै आगामी वैशाखमा मध्यावधि चुनाव घोषणा गरेका थिए। सो कदम असंवैधानिक भएको भन्दै सत्तारूढ नेकपा दुई समूहमा विभाजित भइसकेको छ।

विभाजनले औपचारिकता नपाएपनि ओली समूह र दाहाल-नेपाल समूहले देशभर प्रदर्शन, आमसभा, भेला र प्रशिक्षण गर्दै एक-अर्कोविरुद्ध कटाक्ष गरिरहेका छन्‌।

प्रकाशित : 31 January, 2021

प्रतिक्रिया दिनुहोस्