केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज पानी पर्ने सम्भावना, भोलिदेखि मौसममा सुधार हुने

सहयात्रा टिभी

काठमाडौं । माघ २४, आज पूर्व र मध्य क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।


पश्चिमी वायुको प्रभाव पश्चिमबाट पूर्वमा सरेकाले आज प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताए । काठमाण्डौ उपत्यकामा दिउँसोपछि हल्का पानी पर्ने छ भने अरु पहाडी भेगमा सामान्य बद्ली मात्रै हुनेछ ।

हिजो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भेगमा हिमपातसँगै वर्षा भएको थियो । दिपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, भैरहवा र काठमाण्डौमा पानी परेको थियो । हिजो सबैभन्दा धेरै डडेल्धुरामा १२ दशमलव २ मिलीमिटर पानी परेको थियो ।

 

प्रकाशित : 6 February, 2021

प्रतिक्रिया दिनुहोस्