केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अचम्मका भाग्यमानी, १६ वर्षीय बालक

सहयात्रा टिभी

काठमाडौं । माघ २८, “जाको राखे साइया मार सके न कोय ।” यो अक्षर केन्याका एकजना १६ वर्षीय बालकको जीवनमा सँग घटित भएको घटनामा आधारित छ ।

हवाइजहाजको तल्लो भागमा हुने ल्यान्डिङ गियरमा बसेर १६ वर्षका एक बालकले झण्डै ७ हजार किमिको हवाई यात्रा गरेका छन् । लन्डनबाट उडेको जहाज Airbus A330 Freighter नेदरल्यान्डको हल्यान्ड पुगेपछि एयरपोर्टका स्टाफले ल्यान्डिङ गियरमा ती बालक बसेको थाहा पाएका हुन । करिब ३८ हजार फिटको उचाइमा उड्दै गरेको कामर्सियल फ्लाइटको उडानमा लुकेर बसेका यी बालक अत्यन्त चिसोका कारण हाइपोथर्मिया (hypothermia) का शिकार भएर पनि आश्चर्यजनक रुपमा जीवित रहेका थिए । यस उचाइमा ३८ हजार फिट अर्थात झण्डै १२ हजार मिटरमा तापमान माइनस ४० देखि माइनस ५७ डिग्रीसम्म हुनेगर्छ । यतिको चिसो तापमानमा प्राण जोगिनु सामान्य घटना थिएन ।

हवाई उड्डयनसँग सम्बन्धित विज्ञले यस घटनालाई चमत्कारकै रूपमा लिइरहेका छन् । एक दिन पहिले मात्रै यो जहाज केन्याको नैरोबीबाट टर्कीको इस्तानबुल हुँदै लन्डन पुगेको थियो । ती केन्याली बालक नैरोबीबाटै ल्यान्डिङ गियरमा लन्डनसम्म पुगेको र त्यहाँबाट पनि त्यही ठाउँमा बसेर हल्यान्ड पुगेको अनुमान गरिएको छ ।

प्रकाशित : 10 February, 2021

प्रतिक्रिया दिनुहोस्