केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बलात्कारी मात्र बस्ने संसारको यस्तो अनौठो गाउँ

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०४ एउटा गाउँ यस्तो छ, जहाँ सायद कोही मानिसलाई पाइला टेक्न मन नलाग्ला । संसारकै सबैभन्दा अनौठो गाउँ मानिने यो गाउँमा अरु मानिस जान नचाहनुको कारण पनि निकै अनौठो छ । किनकी त्यस गाउँमा केवल बलात्कारी पुरुषहरु मात्र बस्दछन् ।

सन् १९६० मा यो गाउँमा बस्ती बसालिएको हो । तर सन् २००९ देखि मात्र यो गाउँलाई बलात्कारी बस्ने गाउँमा रुपान्तरण गरिएको हो । बलात्कार जस्तो निकृष्ट अपराधन गर्ने मानिसहरु बस्ने यो गाउँको आसपास समेत कुनैपनि मानिस जान रुचाउदैन्न् । सन् २००९ मा स्थानीय पादरी डिक विथ्रोले सो गाउँलाई यौन अपराधीहरुको गाउँका रुपमा परिवर्तन गरिद्यिए । उक्त गाउँमा बलात्कार गर्ने अपराधीहरुलाई राख्न थालियो । बाल यौन दूराचारदेखि लिएर आफ्नै प्रेमिका र अन्य महिलाको समेत बलात्कार गर्ने अपराधीहरु उक्त गाउँमा बस्दछन् । वास्वतमा यो गाउँ एक खालको जेल नै हो । यहाँ बलात्कारको अपराधमा जेल सजायँ पाएका अभियुक्तहरुले आफ्नो सजायँ काट्दछन् ।

यौन अपराधीहरुलाई कुनै स्कूल, पार्क, बस स्टप तथा आवासीय इलाकाहरुमा बस्ने अनुमति दिइँदैन । अर्थात् त्यस्ता दोषीहरुलाई सबैबाट टाढा बस्नु पर्दछ । त्यसैले सरकारले यौन अपराधीहरुलाई सुध्रिने अवसर प्रदान गर्न समेत यो गाउँमा बसोबासको अवसर प्रदान गरेको हो ।

प्रकाशित : 16 February, 2021

प्रतिक्रिया दिनुहोस्