केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इजिप्टमा भेटियो ५,००० वर्ष पुरानो बीअर कारखाना

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०५, मेरिका र इजिप्टका पुरातत्त्वविद्हरूको संयुक्त टोलीले मरुभूमिस्थित अबाइडस क्षेत्रमा बीअर कारखाना भेटेका हुन्। सो कारखाना राजा नार्मरको शासनकालको हुनसक्ने अनुमान इजिप्टको पुरातातात्त्विक निकायको रहेको छ।

बीअर बनाउन अन्न र पानी मिसाउनका लागि प्रयोग भएका झन्डै ४० वटा भाँडासहित विभिन्न भागहरू पुरातत्त्वविद्हरूले भेटेको बताईएको छ । पुरातत्त्वविद्का अनुसार त्यहाँ भएको कारखाना ठूलो मात्रामा बीअर उत्पादन गर्ने संसारकै सबैभन्दा पुरानो कारखाना हुनसक्छ।

प्रकाशित : 17 February, 2021

प्रतिक्रिया दिनुहोस्