केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फाइनान्स सुबिधामा फोटोन भ्यान

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०६, नेपालका लागि फोटोन ब्रान्डका कमर्शियल भेहिकलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि प्रालिले भर्खरै सार्वजनिक गरेको भ्यु सीएस२ एल भ्यानमा सत् प्रतिशतसम्म फाइनान्स अफर लागू गरेको छ । फोटोनको भ्यु सीएस२ एल भ्यान नेपालको पहिलो र एक मात्र १८ सिट क्षमता भएको भ्यान हो ।

फोटोन भ्यु सीएस२ एल नेपालमा भर्खरै सार्वजनिक भएको १९–सिटे भ्यान हो जसमा विश्वमै सबैभन्दा बढी विश्वासिलो आईएसएफ २।८ लिटरको कमिन्ज इन्जिन राखिएको छ । यसमा रहेको थप तीन वटा सिटले गर्दा दुई गुणा बढी आम्दानी हुन्छ । यो भ्यानमा डुअल एअर ब्याग, इबीडी सहितको एबीएस, फोल्डेबल सिट, क्यामेरा सहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डे रनिङ लाइट जस्ता बेस्ट इन क्लास फिचर उपलव्ध रहेका छन् ।

एमएडब्लु वृद्धिले विभिन्न फाइनान्सिङ पार्टनरहरुसँग सहकार्य गरेर फोटोनको भ्यु सीएस२ एल भ्यान खरिद गर्न चाहने ग्राहकलाई सत् प्रतिशतसम्म फाइनान्सिङको सुविधा दिएको बताईएको छ । सो सुविधा उपभोग गर्ने ग्राहकलाई अधिकतम ७ वर्षको ऋण अवधि उपलब्ध गराइने कम्पनीले बताएको छ । यो अफरले व्यवसायिक प्रयोजनका लागि भ्यान खरिद गर्न खोजिरहेका ग्राहकलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित : 18 February, 2021

प्रतिक्रिया दिनुहोस्