केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इन्चार्ज डाचाराजको श्रद्धाञ्जली सभामा सहभागी हुदैँ: प्रचण्ड–माधव

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०६, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवंम् सर्लाही इन्चार्ज डाचाराज वाग्लेको बिहीबार श्रद्धाञ्जली सभाको आयोजना हुँदैछ । दिउँसो हररिपुर नगरपालिका–१ हजार बिगाहामा आयोजना हुने श्रद्वाञ्जली सभालाई सम्बोधन गर्न पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुदै छन्।

हरिपुर नगरपालिका घर भएका वाग्ले गत माघ २१ गते राति बरहथवा नगरपालिका ९ स्थित नयाँरोड(बरहथवा सडकखण्ड अन्तर्गत मूर्तिया जंगलमा मृत फेला परेका थिए । स्व. वाग्लेले जिल्लाका लागि पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रमुखहरुले बताएका छन् ।

प्रकाशित : 18 February, 2021

प्रतिक्रिया दिनुहोस्