जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली चितवन जाँदै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै यो पनि पढ्नुहोस् प्रत्यक्षतर्फ २ वटा मत छाप्ने कार्य प्रगति के भयो ? सर्वोच्च


sahayatra
On : 18 February, 2021

काठमाडौं । फाल्गुन ०६, सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन आज हुँदैछ । अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले सन्दीपलाई मात्र छनोट गरेको थियो । अक्सनमा सन्दीप लामिछानेको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ । अक्सन चेन्नईमा हुनेछ । नेपाली समयअनुसार अक्सन दिउँसो सवा ३ बजे हुनेछ । अक्सनमा २ सय ९२ खेलाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्