केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय महिला लिगको अन्तिम खेल आज, एपीएफ र आर्मी भिड्दै

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०७, राष्ट्रिय महिला लिगको अन्तिम दुई खेल आज हुँदैछ । ७ टिम सहभागी लिगमा च्याम्पियन टोलीको टुङ्गो लागिसकेको छ भने केही टोलीको पोजिसन समेत टुङ्गो लागेको छ । एपीएफले दुई खेल अगावै उपाधि पक्का गरिसकेको थियो । यस्तै अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो हुने पक्का भइसकेको बताईएको छ ।

बिहान १० बजे एन्फा कम्प्लेक्समा सुरु हुने खेलमा पुलिसले चौदण्डीगढीलाई पराजित गरेमा पुलिसले तेस्रो स्थानमा रहेर लिग सकाउनेछ । पुलिस विजयी भए अहिले तेस्रो स्थानमा रहेको वालिङ र चौथो स्थानमा रहेको विराटनगर क्रमश:  एक स्थान तल झर्नेछन् । पहिलो चरणमा पुलिसले चौदण्डीगढीलाई ६–० ले पराजित गरेको थियो । दोस्रो खेल दिउँसो २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । आर्मीले उद्घाटन खेलमा पुलिससँग पनि दशरथ रंगशालमा खेलेको थियो । आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले लिगको अन्तिम खेल पनि दशरथ रंगशालमै गर्न लागेको हो ।

प्रकाशित : 19 February, 2021

प्रतिक्रिया दिनुहोस्