केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माउन्ट केटुको आरोहरणमा गएका तीनको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । फल्गुन ०७, विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका तीन जना आरोहीको मृत्यु भएको पाकिस्तान सरकारले जानकारी दिएको छ । यसै महिनाको अन्तिमतिर केटुको आरोहणमा गएका पाकिस्तानी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलीका जुहाल पाब्लो मोहर अझै बेपत्ता रहेकाले उनीहरूलाई पाकिस्तान सरकारले मृत घोषणा गरेको हो ।

ती नागरिक यही फेब्रुअरी ५ मा सम्पर्कविहिन भएका थिए । केटू हिमाललाई संसारकै सबैभन्दा खतरनाक मानिन्छ । हराइरहेका आरोही केटूको चुचुरोमा पुगेर फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरुले अनुमान रहेको छ ।

प्रकाशित : 19 February, 2021

प्रतिक्रिया दिनुहोस्