केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जलविद्युत् आयोजना सुब्बाकुनाको निर्माणको काममा तीव्रता

सहयात्रा टिभी

काठमाडौं । फल्गुन ०७, सुर्खेतको सुब्बाकुनामा (१३२,३३,११) केभी प्रसारण लाइनको सबस्टेशन निर्माणकार्य तीव्र पारिएको छ । प्रदेश राजधानी सुर्खेत हुँदै सबै जिल्लामा विद्युत् आपूर्ति गर्न सहजताका लागि यो स्टेशन निर्माणको कामलाई तीव्र बनाइएको हो । कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइनका लागि सुब्बाकुनामा स्टेशन बन्न लागेको हो । सुर्खेतको आधा, सल्यानको आधा भाग र रुकुमपश्चिम र जाजरकोटका लागि सुर्खेतको सुब्बाकुनामा सबस्टेशन निर्माण कार्य गर्न लागिएको हो ।

हाल सुर्खेतको सुब्बाकुना विद्युत् प्राधिकरणले (१३२,३३,११) काम गरिरहेको छ । भेरी नदीमा बन्न लागेका ठूला आयोजनाको विद्युत् जहरे सबस्टेशनमार्फत वितरण हुने छ । जहरेमा निर्माण हुन लागेको सबस्टेशन (४००,२२०,१३२ केभी) को काम राष्ट्रिय प्रसारण कम्पनीले गर्न लागेको छ । अहिले यी दुई ठाउँको काम छुट्टाछुट्टै हुन लागेको हो । त्यस्तै जाजरकोट नलगाड नगरपालिका–७ दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको काम पूरा भएको छ । प्रदेशले नै जाजरकोटको चौखा सबस्टेशन निर्माणका लागि बोलपत्र आह्वानको काम सम्पन्न गरेको प्रमुख अग्रहरिले जानकारी दिए ।

प्रकाशित : 19 February, 2021

प्रतिक्रिया दिनुहोस्